Rumpum Advertisement

डी ककको अर्धशतकमा मुम्बईद्वारा पञ्जाबलाई १७७ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
डी ककको अर्धशतकमा मुम्बईद्वारा पञ्जाबलाई १७७ रनको लक्ष्य

विराटनगर, २ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले किंग्स एलेभेन पञ्जाबलाई १७७ रनको लक्ष्य दिएको छ ।

आइतबार दुबई रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ६ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।

मुम्बईका लागि क्वीन्टन डी ककले अर्धशतकीय इनिङ्स खेले । ४३ बल खेलेका डी ककले ३ चौका र ३ छक्काको सहायतामा ५३ रन बनाए । यस्तै क्रुनाल पाण्ड्याले ३४ रन बनाउँदा किरोन पोलार्ड पनि ३४ रनमै अजिवित रहे ।

नाथन कल्टर नाइलले २४ रन जोड्दा कप्ता रोहित शर्माले ९ रन जोडे ।

पञ्जबकका मोहम्मद शामी, अर्षदीप सिंहले समान २–२ विकेट लिँदा क्रिस जोर्डान र रवी बिस्नोयीले १–१ विकेट झारे ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ