Rumpum Advertisement

दाँत दुख्ने समस्याका लागि घरेलु उपचार विधि

Neuro Revised Adv
Koshi Dashain ad
दाँत दुख्ने समस्याका लागि घरेलु उपचार विधि

विराटनगर, २ कात्तिक । दाँत दुख्ने समस्या एकदम पीडादायक हुन सक्छ ।

दाँत दुख्ने समस्या जहिले पनि संकेत देखाएर आउँदैन र कहिलेकाँही यसले निकै पीडा दिनसक्छ । दुखाई समाधान गर्न केही घरेलु उपचार प्रभावकारी हुनसक्छ ।

दाँतको दुखाइको लागि पहिलो उपचार भनेको नुनिलो पानीले कुल्ला गर्नु हो । नुन पानी एक प्राकृतिक किटाणुनाशक हो । एक गिलास तातो पानीमा १/२ चम्मच नुन हालेर माउथवाशको रूपमा प्रयोग गर्नुपर्छ ।

यसले खानाको कण र दाँतमा टासिएका फोहरलाई हटाउन सहयोग गर्न सक्छ । नुनिलो पानीले कुल्ला गर्दा सुन्निएको ठाउँ, गिजा तथा कुनै पनि मौखिक घाउलाई निको पार्न मद्दत गर्छ ।

त्यस्तै पानीमा हाइड्रोजन पेरोक्साइड मिसाएर कुल्ला गर्नाले पनि दुखाइ र पोल्ने समस्यालाई हटाउन सक्छ । यसले ब्याक्टेरियालाई मार्नुका साथै, प्लेग कम गरी र गिजाबाट रगत आउने समस्यालाई पनि निको पार्छ ।

हाइड्रोजन पेरोक्साइडको मिश्रणलाई पातलो बनाउनुपर्छ । ३ प्रतिशत हाइड्रोजन पेरोक्साइड र पानीको बराबर भाग लिएर यसलाई माउथवाशको रूपमा प्रयोग गर्नुपर्छ ।

यसलाई निल्न भने हुँदैन । पुदिनाले पीडा र संवेदनशील गिजालाई शान्त गर्न मद्दत गर्छ । प्रयोग गरिएको पुदिनाको टि ब्यागलाई चिसो हुन दिएर प्रभावित क्षेत्रमा लगाउनुपर्छ । टि ब्यागलाई केही मिनेटको लागि फ्रिजमा राखेर पनि प्रयोग गर्न सकिन्छ ।

लसुन वर्षौंदेखि विभिन्न समस्याको लागि घरेलु उपचारको रूपमा प्रयोग हुँदै आएको छ । लसुनले दाँतमा हुने हानिकारक ब्याक्टेरियालाई मारेर दुखाईमा राहत पनि दिन सक्छ । लसुनलाई पिसेर प्रभावित क्षेत्रमा लगाउनुपर्छ । लसुनको पेस्टमा केही नुन पनि थप्न सकिन्छ भने लसुनलाई यत्तिकै पनि चपाउन सकिन्छ ।

ल्वाङ युगदेखि दाँतको दुखाइको उपचारका लागि प्रयोग हुँदै आएको छ । ल्वाङको तेलले प्रभावकारी रूपमा दुखाइमा राहत प्रदान गरी सुन्निने समस्यालाई कम गर्न सक्छ ।

ल्वाङको तेलमा इउजेनल हुन्छ, जुन एक प्राकृतिक एन्टिसेप्टिक हो ।

कपासमा ल्वाङको तेको केही थोपा राखी प्रभावित ठाउँमा लगाउनु पर्छ । साथै, ल्वाङ चपाउँदा मात्र पनि दुखाइ धेरै कम हुँदै जान्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ