Rumpum Advertisement

शिव श्रेष्ठका छोरा र करिश्मा मानन्धरकी छोरी अभिनित फिल्मको टिजर सार्वजनिक (भिडियोसहित)

Neuro Revised Adv
Koshi Dashain ad
शिव श्रेष्ठका छोरा र करिश्मा मानन्धरकी छोरी अभिनित फिल्मको टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २ कात्तिक । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर रिलिज भएको छ ।

घटस्थापनाको अवसर पारेर शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको डेब्यु रहेको फिल्मको टिजर रिलिज भएको हो ।

दुई वर्ष अगाडि सार्वजनिक भएको पहिलो टिजरमा भने कविता र शक्तिलाई अटाइएको थिएन । दोश्रो टिजरमा प्रेम र फिल्मका महत्वपूर्ण दृश्य समेटिएको छ ।

दिपेश सापकोटाको निर्देशनमा तयार भएको फिल्ममा कविता र शक्तिका साथै शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय रहेको छ ।

शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको फिल्मलाई फिस्टेल मुभिजको ब्यानरमा रहेर निर्माण गरिएको हो ।

यशोधा राई र दिनेश दर्शनधारी निर्माता रहने फिल्ममा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर सह निर्माता रहेका छन् ।

२०७४ सालको चैत्रमा मूहुर्त गरिएको फिल्म लामो समयपछि प्रदर्शनको लागि तयार भएको हो । निर्देशकका अनुसार सिनेमा हल खुल्नासाथै फिल्म रिलिज गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ