Rumpum Advertisement

सुपर ओभरमा चम्क्यो कोलकत्ताको भाग्य, हैदराबाद पराजित

Neuro Revised Adv
Koshi Dashain ad
सुपर ओभरमा चम्क्यो कोलकत्ताको भाग्य, हैदराबाद पराजित

विराटनगर, २ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्स सनराइजर्स हैदराबादलाई हराएको छ ।

आइतबार भएको खेलमा कोलकत्ताले हैदराबादलाई सुपरओभरमा पराजित गरेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १६३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा हैदराबादले २ विकेटको क्षतिमा मात्र २ रन जोड्यो । हैदराबादले दिएको ३ रनको लक्ष्य कोलकत्ताले चौथो बलमै पूरा गरेको थियो ।

सुपर ओभर जानुअघि हैदराबादका कप्तान डेभिड वार्नरले अविजित रहँदै ४८ रन बनाए । यस्तै जोनी बेयरस्टोले ३६ रन बनाउँदा केन विलियम्सनले २९ रन जोडे । अब्दुल समादले २३ रन जोडे ।

कोलकत्ताका लक्की फर्गुसनले ३ विकेट लिँदा पाट कुमिन्स, शिवम माभी र वरुण चक्रवर्तीले समान १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनायो ।

कोलकत्ताका लागि शुभमन गिलले ३६ रन बनाउँदा कप्तान इयान मोर्गनले ३४ रन बनाए । यस्तै नितिश राना र दिनेश कार्तिकले समान २९ रन बनाए ।

हैदराबादका टी नटराजनले २ विकेट लिँदा विजय शंकर, बसिल थाम्पी र राशिद खानले १–१ विकेट लिए ।

जितसँगै कोलकत्ताले ९ खेलबाट १० अंक जाेडेकाे छ । ऊ अंक तालिकाको चाैथाे स्थानमा छ । समान खेल खेलेकाे हैदराबाद ६ अंकसहित पाँचाैं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ