Rumpum Advertisement

पछिल्ला तीन दिन कुनैपनि लक्षण नदेखिएमा १० दिनमा डिस्चार्ज

Neuro Revised Adv
Koshi Dashain ad
पछिल्ला तीन दिन कुनैपनि लक्षण नदेखिएमा १० दिनमा डिस्चार्ज

काठमाडाैं, २ कात्तिक । अब पछिल्ला तीन दिन कुनैपनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्ला तीन दिनमा कुनैपनि लक्षण नदेखिए १० दिनमै डिस्चार्ज गर्ने र त्यसरी डिस्चार्ज भएमा होम आइसोलेशनमा बस्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको बताए ।

उनले १९ असोजमा बसेकाे मन्त्रिपरिषद्को निर्णयबमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारे ।यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा लागू हुनेछ ।

यस्तै सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूले कम्तिमा ५० प्रतिशत सबै किसिमका शैय्या, आइसियूलगायतका पूर्वाधारहरू कोभिड १९ को उपचारका लागि छुट्याउनुपर्ने भएको छ । 

यो व्यवस्था आज (कात्तिक २ गते) देखि नै लागू भएको पनि प्रवक्ता गौतमले बताए ।
 

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ