Rumpum Advertisement

मोरङमा कात्तिक १५ गतेसम्म निषेधाज्ञा, के गर्न पाइने के नपाइने ?

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा कात्तिक १५ गतेसम्म निषेधाज्ञा, के गर्न पाइने के नपाइने ?

विराटनगर, २ कात्तिक । मोरङमा दसैं लक्षित निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार विज्ञप्ति निकाल्दै ३ कात्तिकबाट लागू हुनेगरी कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३ ) र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी काेशहरि निराैलाले विज्ञप्तिमार्फत जनाएका छन् ।

यस्तै निषेधाज्ञा जारी भएकाे समय जिल्लाभरि नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामाे दूरीका यातायातबाहेक आवत-जावत नगर्ने प्रशासनले आदेश दिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण बढ्दै गइरहेका कारण नजिकिँदै गरेको दसैंलगायत चाडपर्वमा संक्रमण थप बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले चावपर्वमा भीडभाड नहुनेगरी किनमेल र भेटघाट गर्न तथा भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ ।

नियमित पूजा–पाठबाहेक मानिसहरू भेलाजम्मा हुनेगरी उत्सव नगर्न र भजनकीर्तन नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ