Rumpum Advertisement

कोलकत्ताले हैदराबादलाई दियो १६४ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
कोलकत्ताले हैदराबादलाई दियो १६४ रनको लक्ष्य

विराटनगर, २ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १६४ रनको लक्ष्य दिएको छ ।

आइतबार अबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनायो ।

कोलकत्ताका लागि शुभमन गिलले ३६ रन बनाउँदा कप्तान इयान मोर्गनले ३४ रन बनाए । यस्तै नितिश राना र दिनेश कार्तिकले समान २९ रन बनाए ।

हैदराबादका टी नटराजनले २ विकेट लिँदा विजय शंकर, बसिल थाम्पी र राशिद खानले १–१ विकेट लिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ