Rumpum Advertisement

विराटनगरमा होम आइसोलेशनमै गयो संक्रमित वृद्धको ज्यान

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा होम आइसोलेशनमै गयो संक्रमित वृद्धको ज्यान

विराटनगर, २ कात्तिक । विराटनगरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका एक वृद्ध पुरुषको होम आइसोलेशनमै मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ जामुनगाछीका ८५ वर्षीय वृद्धको आइतबार बिहान १० बजेतिर मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए ।

उनका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा असोज २८ गते रिपोर्ट पोजेटिभ आए पनि वृद्धलाई घरमै राखिएको थियो ।

कोरोना पुष्टि हुँदा वृद्धको अवस्था सामान्य रहेको र स्वास्थ्यमा एक्कासी समस्या आएर होम आइसोलेशनमै मृत्यु भएको पौडेलले जानकारी दिए । उनका अनुसार वृद्धलाई एक्कासी श्वासप्रश्वासमा समस्या देखिएको पाइएको छ ।

‘श्वास फेर्न गाह्रो भएपछि अस्पताल लैजाने तयारी परिवारका सदस्यले गरेछन्,’ पौडेलले भने, ‘तर अस्पताल लैजान नपाइकन घरमै संक्रमित वृद्ध पुरुषको मृत्यु भएको हो ।’ मृतकमा प्रोस्टेट र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी उनले दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ