Rumpum Advertisement

विराटनगरमा १५४ सहित प्रदेशमा ४७४ जनालाई कोरोना पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा १५४ सहित प्रदेशमा ४७४ जनालाई कोरोना पुष्टि

विराटनगर, २ कात्तिक । प्रदेश १ मा आइतबार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुंगामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएका छन् ।

विराटनगरमा ५० महिला र १०४ पुरुष गरी १५४ जनामा संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैँचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बूढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २–२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।

उता, झापाको भद्रपुरमा १५, दमकमा १३, बिर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २–२, कमल, झापा गाउँपालिका र बाह्रदशीमा १–१, उदयपुरको कटारी र त्रियुगामा १३–१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १–१, इलामको इलाममा ४, फाकफोकथुम, माइजोगमाई र सूर्योदयमा १–१, संखुवासभाको चैनपुर र मकालु २–२, खाँदबारीमा १, भोजपुरको अरुण र भोजपुरमा १–१, धनकुटाको छथरमा १, तेह्रथुमको लालीगुराँसमा १, पाँचथरको फिदिममा १ र ओखलढुंगाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ ।

प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, मेची अस्पतालबाट ७ र होम आइसोलेशनबाट १ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५७५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४६८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १४९ महिला र ३२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

हालसम्म प्रदेशमा १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ