Rumpum Advertisement

दसैं नजिकिँदै गर्दा बैंकमा बढ्यो भीड

Neuro Revised Adv
Koshi Dashain ad
दसैं नजिकिँदै गर्दा बैंकमा बढ्यो भीड

काठमाडाैं, २ कात्तिक । कोभिड संक्रमणको जोखिमका बाबजुदपनि बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहकको घुँइचो बढेको छ ।

बैंकहरूले सबै शाखा कार्यालयहरूमार्फत सेवा दिए पनि पैसा राख्ने र झिक्नेहरूको संख्या बढेकाले भीडभाड बढेको देखिन्छ । दसैं नजिकिँदै गर्दा पैसा झिक्नेहरूको संख्या बढेकोले पनि भीड बढेको देखिएको छ ।

कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरूको लाइन सडकसम्मै आएको देखिएको छ ।

कतिपय बैंकहरूमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरू राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भीडभाड बढेको बैंकर्सहरू बताउँछन् ।

बैंकहरूले डिजिटल बैंकिङमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाए पनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंकसम्म पुग्नैपर्ने बाध्यता रहेको छ ।

यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरि पनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरू पैसाको जोहो गर्न बैंकसम्म पुग्नेगरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ