Rumpum Advertisement

भन्सालीको ‘बैजु बावरा’ मा रणवीर, आलिया, र दीपिका एकसाथ

Neuro Revised Adv
Koshi Dashain ad
भन्सालीको ‘बैजु बावरा’ मा रणवीर, आलिया, र दीपिका एकसाथ

विराटनगर, २ कात्तिक । अभिनेता रणवीर कपुर, अभिनेत्री आलिया भट्ट र दीपिका पादुकोण एकसाथ फिल्ममा देखिने भएका छन् ।

निर्देशक तथा निर्माता सञ्‍जयलीला भन्सालीको ‘बैजु बावरा’ मा यी ३ कलाकार एकसाथ देखिन लागेका हुन् ।

गत वर्ष भन्सालीले गंगुबाई काठियावाडीका लागि आलियालाई अनुबन्धित गर्ने क्रममा ‘बैजु बावरा’ बनाउने घोषणा गरेका थिए । भारतीय मिडियाका अनुसार रणवीर, दीपिका र आलियालाई फाइनल गरिसकेको छ ।

‘बैजु बावरा’ विजय भट्टले निर्देशन गरेको सन् १९५२ मा रिलिज भएको चलचित्र हो । बैजुको भूमिकाको लागि रणबीर लगभग फाइनल भइसकेका छन् ।

फिल्ममा आलिया रणवीरको अपोजिटमा हुनेछिन् भने आलियाले ओरिजिनल फिल्ममा मीना कुमारीले निभाएको भूमिकामा निर्वाह गर्नेछिन् । दीपिकाले कुलदिप कौरले निभाएको डाँकु रूपमतीको भूमिका निभाउँदै छिन् ।

फिल्ममा २ अभिनेता र २ अभिनेत्री हुनेछन् । तानसेनको भूमिकाका लागि अर्का अभिनेता भने अहिले फाइनल भएको छैन । तानसेनको भूमिकाका लागि पहिले नै दुई ठूला सुपरस्टारसँग कुरा भइरहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ