Rumpum Advertisement

खसीबोकाको बिक्री घट्यो

Neuro Revised Adv
Koshi Dashain ad
खसीबोकाको बिक्री घट्यो

मोहन ढकाल

सुनसरी, २ कात्तिक । सुनसरीको धरानमा खसीबोका किनबेच गर्नेको सामान्य चहलपहल सुरु भएको छ ।

दशैँ सुरुसँगै पहाडी क्षेत्रबाट खसीबोका संकलन गरेर व्यापारीहरुले धरानमा ल्याएर बच्ने गरेका छन् । पहाडी जिल्ला धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभालगायतका जिल्लाबाट व्यपारीले खसीबोका संकलन गरेर धरान ल्याउने गरेका छन् ।

धरान ल्याएपछि यहाँका व्यापारीले विशेषगरी काठमाडौ लैजाने गरेका छन् । यस्तै विराटनगर, इटहरी, इनरुवालगायतका अन्य ठाउँ साथै धरानमा पनि खपत हुने गरेको छ । तर अहिले खसीबोकाको मूल्य आकासिएको व्यापारीहरु बताउँछन् ।

विगतका वर्षहरुमा खसीबोका बेचेर राम्रो आम्दानी गर्ने व्यापारी दशैँमा समेत बिक्री न्यून भए पछि निरास भएका छन् । पहाडी जिल्लाबाट घरघरमा पुगेर संकलन गरेका खसीबोका बेच्न ल्याएको हप्ता दिनसम्म पनि नबिक्दा घाटा लाग्ने अवस्थामा पुगेको धनकुटाबाट खसी बेच्न आएका व्यापारीले बताए ।

गत वर्षको तुुलनामा खसीबोका बिक्रीमा भारी गिरावट आएको व्यापारीहरु बताउँछन् । विगतका वर्षहरुमा दैनिक २५ सयभन्दा बढी खसीबोका धरानबाट बिक्री हुँदै आएका थिए । तर अहिले चार सयसम्म बिक्री हुन नसकेको कृषि बजारका कर्मचारी मिलन लिम्बूले बताए ।

पछिल्लो समय विचौलियाको बिगबिगी हुन थालेपछि वास्तविक कृषक र उपभोक्ता भने मारमा पर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ