Rumpum Advertisement

काठमाडौं उपत्यकामा आज १६ सय ९८ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौं उपत्यकामा आज १६ सय ९८ संक्रमित थपिए

काठमाडौं, २ कात्तिक । काठमाडौं उपत्यकामा आइतबार थप १६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय ९८ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १४ सय ६९ जना, भक्तपुरका ९९ जना र ललितपुरका १३० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ८७५ जनाको परीक्षणमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

आज थप २३ सय २६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । कूल संक्रमितमध्ये ६९.७ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थप १२ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ७३९ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ