Rumpum Advertisement

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९ पुग्यो

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९ पुग्यो

विराटनगर, २ कात्तिक । नेपालमा आइतबार थप १२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप १२ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ८७५ जनाको परीक्षणमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

आज थप २३ सय २६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । कूल संक्रमितमध्ये ६९.७ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ