Rumpum Advertisement

आज २३ सय २६ जनाले जिते कोरोना

Neuro Revised Adv
Koshi Dashain ad
आज २३ सय २६ जनाले जिते कोरोना

विराटनगर, २ कात्तिक । नेपालमा आइतबार थप २३ सय २६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३ सय २६ संक्रमित निको भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । कूल संक्रमितमध्ये ६९.७ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ८७५ जनाको परीक्षणमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

आज थप १२ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ७३९ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ