Rumpum Advertisement

मिथुन चक्रवर्तीका छोराविरुद्ध बलात्कार र गर्भपतन गराएको भन्दै मुद्दा दर्ता

Neuro Revised Adv
Koshi Dashain ad
मिथुन चक्रवर्तीका छोराविरुद्ध बलात्कार र गर्भपतन गराएको भन्दै मुद्दा दर्ता

विराटनगर, २ कात्तिक । मिथुन चक्रवर्तीका छोराविरुद्ध बलात्कार र गर्भपतन गराएको आरोपमा मुद्दा दर्ता भएको छ ।

महाअक्षय चक्रवर्ती (मिमोह) विरुद्ध मुम्बईको प्रहरी स्टेसनमा विवाहको प्रलोभन देखाएर बलात्कार र गर्भपतन गराएको भन्दै मुद्दा दर्ता भएको हो । दर्ता गरिएको मुद्दामा सन् २०१५ को मे महिनामा महाअक्षयले ३८ वर्षीय पीडित (बलिउडकी एक कलाकार)लाई घर बोलाएर नशालु औषधि मिसाएको पेयपदार्थ खान दिएको उल्लेख गरिएको छ ।

त्यसपछि महाअक्षयले पीडितसँग सहमति नलिइकनै शारीरिक सम्बन्ध राखेका थिए । विवाहको आश्वासन दिँदै मिमोहले ४ वर्षसम्म शारीरिक सम्बन्ध स्थापित गरिरहे । पीडित गर्भवती हुँदा गर्भपतनको दवाब पनि दिएको मुद्दामा उल्लेख छ ।

गर्भपतन गर्न नमान्दा मिमोहले थाहा नपाई पीडितलाई केही औषधि खुवाएर गर्भपतन गराएका थिए । मिथुनकी श्रीमती योगिता बालीलाई पनि यो मुद्दामा आरोपी बनाइएको छ । मिमोहक आमाले सबै थाहा पाएर पनि चुप बसेको र मुद्दा दर्ता गर्दा धम्काएको बताइएको छ ।

दुई वर्षअघि सन् २०१८ मा विवाहको प्रलोभन देखाएर बलात्कार गरेको र गर्भपतन गराएको आरोप लगाए पनि आमाछोरा छुटेको कारण दिल्ली उच्च अदालतले उक्त महिलालाई अदालतमा मुद्दा दर्ता गर्न लगाएपछि जुलाईमा फेरि मुद्दा दर्ता गरिएको हो । सन् २०१८ मा मिमोहले अभिनेत्री मडालासा शर्मासँग विवाह गरेका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ