Rumpum Advertisement

बेलुका रिपोर्ट पोजेटिभ, बिहान संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
बेलुका रिपोर्ट पोजेटिभ, बिहान संक्रमितको मृत्यु

विराटनगर, २ कात्तिक । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा शनिबार बेलुका रिपोर्ट पोजेटिभ आएका कोरोना भाइरस संक्रमित एक वृद्धको आइतबार बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–३ का ७५ वर्षीय वृद्धको आइतबार बिहान ४ बजेतिर मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले बताए ।

वृद्धको रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि नोबेलकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

निमोनियाको समस्या रहेको भन्दै वृद्धलाई शनिबार बिहान उपचारका लागि नोबेल पु¥याइएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई कोडिभमा सारिएको जानकारी दाहालले दिए ।

उनका अनुसार उपचारकै क्रममा बिहान वृद्धको मृत्यु भएको हो । मृतकमा फोक्सोसम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ