Rumpum Advertisement

कोरोना भाइरस फ्लूको तुलनामा पाँच गुणा धेरै समयसम्म छालामा सक्रिय रहन सक्छ

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना भाइरस फ्लूको तुलनामा पाँच गुणा धेरै समयसम्म छालामा सक्रिय रहन सक्छ

विराटनगर, २ कात्तिक । कोरोना भाइरस नौ घण्टासम्म मानव छालामा सक्रिय रहन सक्ने देखिएको छ ।

जापानी अनुसन्धानकर्ताको टोलीले कोरोना भाइरस सामान्य फ्लूको तुलनामा ५ गुणा धेरै समयसम्म मानव छालामा सक्रिय रहने पत्ता लगाएसँगै कोभिडविरूद्ध लड्न बारम्बार हात धुनु पर्ने आवश्यकता रहेको बताएका छन् । क्लिनिकल संक्रामक रोग नामक जर्नलमा प्रकाशित गरिएको अध्ययनमा कोरोना भाइरसको तुलनामा फ्लू गराउने भाइरस लगभग १.८ घण्टा मात्र मानव छालामा पाइने उल्लेख गरिएको छ ।

अध्ययनका अनुसार कोभिड फैलाउने सार्स कोभ २ नौ घण्टासम्म बाँच्नले इन्फ्लूएन्जा ए भाइरसको तुलनामा प्रसारणको जोखिमलाई बढाउन सक्छ । अनुसन्धान टोलीले मृत्युको एक दिनपछि अटोप्सी नमूना संकलन गरी छालाको परीक्षण गरेका थिए । कोरोना भाइरस र फ्लू दुबैलाई इथेनोल भएको सेनिटाइजरको प्रयोग गरेर १५ सेकेन्डभित्र निष्क्रिय गर्न सकिन्छ ।

छालामा सार्स कोभ २ लामो समयसम्म बाँच्नाले प्रशारणको जोखिम बढाउँछ, तर, हातको सफाइमा ध्यान दिए जोखिमलाई कम गर्न सक्ने अध्ययनले निष्कर्ष निकालेको छ । उक्त अध्ययनले भाइरसको संक्रमण सीमित गर्नका लागि नियमित र राम्ररी हात धुनु पर्ने विश्व स्वास्थ्य संगठनको निर्देशनलाई समर्थन गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ