Rumpum Advertisement

मुकुन र बेनिशाको मुख्य भूमिकासहित ‘भाँडाकुटी’ घोषणा

Neuro Revised Adv
Koshi Dashain ad
मुकुन र बेनिशाको मुख्य भूमिकासहित ‘भाँडाकुटी’ घोषणा

विराटनगर, २ कात्तिक । घटस्थापनाको अवसरमा नयाँ फिल्मको घोषणा गरिएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषालको मुख्य भूमिका रहने फिल्म ‘भाँडाकुटी’ को घोषणा गरिएको हो ।

कलम खड्काको निर्माणमा तयार हुन लागेको फिल्म भाँडाकुटीमा वैवाहिक परिवेश र सामाजिक परिस्थितिको कथामा आधारित हुने छ । फिल्मलाई किरण विकले निर्देशन गर्दैछन् । विककै कथामा निशल पौडेलको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी, भिम विकको सम्पादन रहने छ । फिल्मको छायांकन आउँदो फागुनमा बुटवल वरपरका ठाउँमा गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ