Rumpum Advertisement

ब्लड ग्रुप ‘ओ’ भएकालाई संक्रमण र गम्भीर हुने जोखिम कम

Neuro Revised Adv
Koshi Dashain ad
ब्लड ग्रुप ‘ओ’ भएकालाई संक्रमण र गम्भीर हुने जोखिम कम

विराटनगर, २ कात्तिक । ‘ओ’ ब्लड ग्रुप भएका मानिस कोभिड १९ को अगाडि कम संवेदनशील हुने र गम्भीर बिरामी पर्ने सम्भावना पनि कम हुने देखिएको छ ।

संक्रमणको जोखिम र गम्भीर बिरामी पर्न सक्ने सम्भावनामा ब्लड ग्रुपको भूमिका रहन सक्ने अध्ययनले देखाएको छ । डेनिसमा भएको अध्ययनका अनुसार कोभिड पोजेटिभ भएका ७ हजार बढी मानिसमध्ये ३८.४ प्रतिशतको ब्लड ग्रुप ओ रहेको थियो । तर, टेस्ट नगरेका २२ लाख मानिसको ४१ प्रतिशतमा ब्लड ग्रुप ओ रहेको छ ।

तिनै ७ हजार संक्रमितमा ब्लड ग्रुप ए भएका ४४.४ प्रतिशत संक्रमित थिए, जबकि डेनिसमा ४२.३ प्रतिशतमा ए ब्लड ग्रुप छ । त्यस्तै, क्याडनाका अनुसन्धानकर्ताले गरेको अर्को अध्ययनमा कोरोनाले गम्भीर बिरामी परेका ९५ बिरामीमा ८४ प्रतिशतको ब्लड ग्रुप ए या एबी रहेको पत्ता लागेको थियो । साथै, ए वा एबी ब्लड भएकालाई तुलनात्मक रुपमा आईसीयूमा लामो समय राख्नुपरेको थियो ।

कोभिड–१९ मा शरीरभित्र रगत जम्नाले नै संक्रमित गम्भीर बिरामी पर्ने गरेका छन् । तर, ब्लड ग्रुप ओ भएकामा रगत जम्ने तत्व कम हुनाले यस्तो भएको हुन सक्ने बताइएको छ । साथै, संक्रमणविरुद्ध लड्ने एन्टिबडिज या प्रतिरोधात्मक प्रणालीमा रिसेप्टरको उत्पादनमा फरक पार्ने अन्य ब्लड ग्रुपको एन्टिजेनको प्रभाव पनि हुन सक्ने बताइएको छ ।

युनिभर्सिटी अफ साउदर्न डेनमार्कका क्लिनिकल प्रोफेसर तथा डेनिस अध्ययनका प्रमुख डाक्टर टोर्बेन बेरिङटनले ब्लड ग्रुपले मानिसको दैनिकीमा एकदमै थोरै प्रभाव पारिरहेको हुँदा अहिले नै चिन्ता गर्नुपर्ने आवश्यकता नरहेकको बताएका छन् । विज्ञका अनुसार यस विषयमा थप अध्ययन आवश्यक रहेको देखिन्छ ।

पछिल्ला केही अध्ययनमा पनि ब्लड ग्रुप ओ हुने मानिसमा संक्रमणको जोखिम कम हुने र ब्लड ग्रुप ए भएका मानिस संक्रमित हुने बढी जोखिममा रहेको देखाएको थियो ।

प्रतिक्रिया

  1. तो सबै अहिले सम्पूर्ण अध्ययन होइन, प्रारम्भिक अध्ययन मात्र हो।यसमा भर पर्ने अवस्था आइ नसकेको ले सुरक्षा को मापदंड अपनाउनु नै अहिले को आवश्यकता हो।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ