Rumpum Advertisement

सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन

Neuro Revised Adv
Koshi Dashain ad
सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन

विराटनगर, २ कात्तिक । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ ।

घटस्थापनाको दिन पारेर कोरोना भाइरसको संक्रमण हुने जोखिमका कारण ७ महिनादेखि रोकिएको ‘ए मेरो हजुर ४’को छायांकन शनिबारदेखि सुरु गरिएको हो । फिल्मका निर्माता सुनिलकुमार थापाले फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन् । सम्पूर्ण सुरक्षाको उपाय अपनाएर सानो टिमका साथ छायांकन सुरु गरिएको हो ।

उनका अनुसार फिल्मको छायांकन फूलपातिसम्म गरिने भएको छ र पूर्णिमापछि फेरि काम सुरु हुनेछ । लकडाउन हुनुअगाडि करिब ५० प्रतिशत छायांकन सकिएको फिल्मको सम्पूर्ण छायांकन तिहारसम्म सक्ने तयारी गरिएको छ । केही समय ब्रेक लिएर फिल्मको गीतको छायांकन हुनेछ ।

झरना थापाले निर्देशन गर्ने फिल्ममा अभिनेता सलोन बस्नेत र मोडल तथा गायक दुर्गेश थापाको पनि मुख्य भूमिका रहने छ । घटस्थापनाको दिनबाट नै फिल्म ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ