Rumpum Advertisement

कटारी दुर्घटना : दशैं मनाउन लद्दाखबाट फर्किए, घर नपुग्दै पाँचजनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कटारी दुर्घटना : दशैं मनाउन लद्दाखबाट फर्किए, घर नपुग्दै पाँचजनाको मृत्यु

विराटनगर, २ कात्तिक । उदयपुरको कटारीमा सवारी दुर्घटनामा परेकाहरु भारतबाट घर फर्किएकाहरु रहेको पाइएको छ ।

शुक्रबार राति कटारी नगरपालिका–१४ भदौरेस्थित शिद्धिचरण लोकमार्गमा स्कारपियो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेकाहरु भारतको लद्दाखबाट दशै मनाउन घर फर्किएकाहरु रहेको प्रहरीले जनाएको छ । भारतको लद्दाखबाट भैरहवा आइपुगेका उनीहरु बा२०च ७१७१ स्कारपियोमा घर फर्कदै थिए । तर कटारी–१४ भदौरे आइपुगेपछि चालकसहित नौजना सवार स्कारपियो दुर्घटना परेको थियो ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ का ४६ वर्षीय रामबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीय नरमाया सार्की, २७ वर्षीय कर्णबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–८ शिरिसेका ३० वर्षीय महेशबाबु विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटनामा मानेभञ्ज्याङ–९ की ३१ वर्षीय कुमारी सार्की, १८ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते छन् ।

कल्पना र चालक खड्काको अवस्था गम्भीर भएकाले उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।

रोजगारीका लागि लद्दाखमा रहेकाहरु घर फर्कने क्रममा भैरहवाबाट स्करपियो रिजर्व गरेर आएको मानेभञ्ज्याङ गाउँपालिका–९ का वडा अध्यक्ष नानीबाबु मगरले बताए ।

शनिबार राति ११ः५५ बजे दुर्घटना हुँदा पाँचजनाको मृत्यु र तीनजना घाइते भएको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । दुर्घटनामा परेको स्कारपियो सडकबाट करिब ९०० मिटर तल खसेको थियो ।

मानेभञ्ज्याङ–९ का वडाध्यक्ष मगरका अनुसार दुर्घटनामा परेकाहरु भारतको लद्दाखबाट शनिबार बेलुका उदयपुर आइपुगेका थिए ।

उदयपुरबाट घर फर्कदै गरेकाहरुले आफूलाई क्वारेन्टाइनमा बस्नका लागि सम्पर्क गरेको उनले बताए ।

‘हिजो उदयपुर आइपुगेपछि मलाई सम्पर्क गर्नु भएको थियो,’ उनले भने, ‘क्वारेन्टाइनमा बस्नका लागि व्यवस्था मिलाएको थिएँ ।’ दुर्घटनामा वडा नम्बर ९ का दुई र वडा नम्बर ८ का दुईजनाको मृत्यु भएको उनले बताए ।

वडा नम्बर ९ का रामबहादुर र कर्णको मृत्यु भएको बताउँदै उनले दुबैजनाको श्रीमती घाइते भएको बताए । उनका अनुसार कर्णकी श्रीमती कल्पना गर्भवती रहेकाले अवस्था गम्भीर छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ