Rumpum Advertisement

‘गाईको वृद्धाश्रम’ आर्थिक संकटमा, कोरोना महामारीले दानापानी खुवाउन समस्या

Neuro Revised Adv
Koshi Dashain ad
‘गाईको वृद्धाश्रम’ आर्थिक संकटमा, कोरोना महामारीले दानापानी खुवाउन समस्या

विराटनगर, २ कात्तिक । विराटनगर महानगरपालिका–१४ मा श्रीकृष्ण गौशाला सञ्चालनमा छ । बजारमा छाडिएका बुढा र मानिसले उपलब्ध गराएका गाई पालिने गौशालालाई ‘गाईको वृद्धाश्रम’ पनि भनिन्छ ।

३५ वर्षअघि स्थापना भएको गौशाला सञ्चालन गर्न आर्थिक अभाव भएको छ । कोरोना महामारीका कारण सहयोगीहरु गौशालासम्म आउन छाडेका कारण गौशाला सञ्चालनमा कठिनाइ भएको हो ।

विभिन्न संस्था र व्यक्तिको आर्थिकलागायत सहयोगमा गौशालाका गाईहरुलाई आहारा जुटाउने गरिन्थ्यो । तर कोरोना भाइरसको महामारीका कारण मानिसको आउजाउ न्यून हुँदा गौशालाका गाईलाई आहारा जुटाउन कठिन भएको गौशालाका प्रबन्धक सन्तोषकुमार यादवले बताए ।

आर्थिक अभाव हुँदा गाईलाई दानापानी खुवाउनै समस्या हुन थालेको उनले बताए । दाताहरुको भरमा सञ्चालन भइरहेको गौशालालाई सञ्चालन गर्न निकै कठिनाइ भएको यादवले बताए ।

स्वतस्फूर्तरुपमा गौशालामा आउने दान न्यून भएपछि कृष्ण गौ सेवा सदनको कार्यसमितिको पहलमा गाईको दानापानीको जोहो भइरहेको यादवले बताए ।

तीन बिघा क्षेत्रफल रहेको गौशालामा २ सय ५ वटा गाईबस्तु रहेका छन् ।

सडकमा छाडिएका वृद्ध गाईहरूको हेरचाह गर्ने उद्देश्यले विस २०४२ सालमा गौशाला स्थापना भएको थियो ।

गाईका लागि दैनिक दुई सय किलो दाना खपत हुने गरेको छ । साथै पराल अलग्गै लाग्ने गर्छ ।

वार्षिक खर्च ७५ लाख रहेको गौशालाको वार्षिक आम्दानी २० लाख हाराहारी मात्रै हुने उनले बताए । गौशालाले बायो ग्यास र कम्पोष्ट मल पनि बिक्री गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ