Rumpum Advertisement

कोहीका लागि कोभिड १९ एक दीर्घकालीन रोग बन्दै

Neuro Revised Adv
Koshi Dashain ad
कोहीका लागि कोभिड १९ एक दीर्घकालीन रोग बन्दै

विराटनगर, २ कात्तिक । कतिपय मानिसका लागि कोभिड १९ एक दीर्घकालीन रोग बन्दै गएको छ ।

अधिकांश मानिसमा सामान्य संक्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर भए तीन सातासम्म ठिक हुने बताइन्छ । तर, हजारौं मानिस निरन्तरको कोभिडबाट ग्रस्त भइरहेको पाइएको छ । दीर्घ कोभिड अर्थात् कोरोना भाइरस संक्रमणको दीर्घ प्रभावका कारण मानिसलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको हो ।

दीर्घ कोभिड भएका १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनमा फोक्सो र मुटुमा भएका स्थायी क्षति, सघन उपचारपछि उत्पन्न हुने समस्या, थकान र निरन्तरको कोभिडका लक्षणले श्वासप्रश्वासमा कठिनाइदेखि मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेका छन् ।

नेशनल इन्स्टिच्यूट अफ हेल्थ रिसर्चमा उल्लेख गरेअनुसार दीर्घ कोभिड भएका मानिसमा गम्भीर मनोवैज्ञानिक प्रभाव पनि परिरहेको हुन सक्छ । प्रभावित हुने बिरामीमध्ये धेरैजसो गम्भीर कोभिड १९ का कारण लामो समय अस्पतालमा बिताउनु परेको थियो । तर, अन्य कतिपयले भने प्रारम्भिक संक्रमण साधारण भएको, घरमै निको भए पनि पछि विस्तारै लक्षण कडा हुँदै गएको रिपोर्ट गरेका छन् ।

गम्भीर कोभिड भएकालाई मात्र यस्तो समस्या देखापर्ने तथा कोभिडका कारण ज्यान गुमाउने जोखिम कम भएका समूहमा दीर्घ प्रभावको जोखिम पनि कम हुने अनुमान गरिएको लेखक डा. इलाइन म्याक्सवेल बताउँछिन् । तर, अध्ययनले कोभिडको संक्रमण भएको थाहा नपाएका मानिसलाई हप्तौंसम्म भेन्टिलेटरको सहारामा बाँचेकामा भन्दा पनि धेरै दीर्घ प्रभाव हुनसक्ने देखाएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा दीर्घ कोभिडको समस्या हुनेको संख्या पनि बढ्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ