Rumpum Advertisement

सुनसरी–मोरङ करिडोरमा अधिकांश उद्योगका मजदुरमा कोरोना : आधा उत्पादन घट्यो

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरी–मोरङ करिडोरमा अधिकांश उद्योगका मजदुरमा कोरोना : आधा उत्पादन घट्यो

विराटनगर, २ कात्तिक । सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका उद्योगको उत्पादन ५० प्रतिशतमा सीमित भएको छ । लकडाउनपछि खुलेका उद्योगको उत्पादन कोरोना संक्रमणका कारण आधामा सीमित भएको हो ।

कर्मचारी र श्रमिकमा कोरोना संक्रमणको बढ्दो दर र बजारमा बस्तुको खपत घटेकाले उत्पादनमा कमी आएको उद्योगीहरु बताउँछन् ।

जाडो सुुरु हुन लाग्दा कोरोना संक्रमण दर बढ्दो छ । अबको दुुई महिनासम्म कोरोनाको संक्रमणका कठिन दिन हुने र त्यसको सामाना गरेपछि मात्र उद्योगको अवस्था के हुुने भन्ने आँकलन गर्न सकिने उद्योगीहरु बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउत सुनसरी–मोरङ औद्योगिक करिडोरका खाद्यान्नबाहेकका उद्योगको उत्पादन ५० प्रतिशतमा सीमित रहेको बताए ।

लकडाउन खुुकुलिएको तीन महिनापछि पनि उद्योगहरुको उत्पादन वृद्धि नहुनुु बजारको मागमा भर पर्ने उनले खुलाए । अति आवश्यकीय बस्तु उत्पादन गर्ने उद्योगको उत्पादन शतप्रतिशत भए पनि अन्य उद्योगको उत्पादनको बजारमा माग नै नभएको उनले बताए । उनले भने, ‘बजारमा माग भयो भने आपूर्ति गर्ने हो, तर माग छैन । उत्पादन गरेर गोदाममा थन्क्याउन किन उत्पादन गर्ने ?’

उद्योगको उत्पादन घट्यो, निकासी भएन

पछिल्लो समय निर्माणसँग सम्बन्धित उद्योगको उत्पादनमा कटौती भएको छ । सिमेन्ट, रड, इँटालगायतका उद्योगको उत्पादन घटेको हो । त्यस्तै कपडा, धागो, जुट उद्योगको उत्पादनमा समेत कटौती भएको छ । तीन सिफ्ट चल्दै आएका उद्योगहरु अहिले दुुई र एक सिफ्टमा सीमित बन्न पुुगेका छन् ।

बहुुराष्ट्रिय कम्पनी आरती स्ट्रिपले पछिल्लो समय मेची नाकाबाट भुटान, पश्चिमबंगाल र असाम राज्यमा पठाउँदै आएको फलामका बस्तुहरु पठाउन छाडेको छ ।

लकडाउनभन्दाअघि मेची भन्सार हुँदै बाहिरिने ती बस्तुको निकासी बन्दप्राय भएको मेची भन्सार स्रोतले बताएको छ ।

आरती स्ट्रिपका भाइस प्रेसिडेन्ट विशाल गुुप्ताले मजदुरमा देखिएको कोरोना संक्रमणपछि उद्योग दुुई साता बन्द गर्नु पर्दा उत्पादन घटेको बताए । आरती स्ट्रिपले कर्कटपाता र फलामे डन्डी उत्पादन र निर्यात गर्दै आएको थियो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले लकडाउन खुलेपछि पनि उद्योगहरुको अवस्थामा तुलनात्मकरुपमा सुधार आउन नसकेको बताए । उनले जाडोका कारण संक्रमण झन् फैलिरहेको र अबको दुुई महिना अग्निपरीक्षासरह हुने बताए । उनले भने, ‘डिमान्ड र सप्लाईबीचको सन्तुुलन अहिले खल्बलिएको अवस्था छ, जसको कारण उद्योगहरुको अवस्थामा सुधार हुन सकेको छैन ।’

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले मजदुर र कर्मचारीमा समेत संक्रमण बढेपछि उद्योगको उत्पादन ५० प्रतिशत घटेको बताए । उद्योगहरुको अवस्थालाई सुधार गर्न सरकारले बैंकहरुले लिँदै आएको कर्जा नवीकरण शुल्क मिनाह गर्नुपर्ने, आयकर ब्यालेन्स सिटलाई पुुसबाट चैत मसान्तसम्म म्याद सार्नुपर्ने माग गरे ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा सबैखाले पाँच सय उद्योगहरु छन् । कोरोना संक्रमणको कारण लकडाउनपछि उद्योगहरु सञ्चालनमा आए पनि उत्पादन आधामात्र भएका कारण २० हजार मजदुरले रोजगारी गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ