Rumpum Advertisement

माछा मार्न गएका युवाको शव खोलामा भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
माछा मार्न गएका युवाको शव खोलामा भेटियो

विराटनगर, २ कात्तिक । मोरङमा माछा मार्न भनेर घरबाट निस्किएका एक युवाको शव आइतबार बिहान खोलामा भेटिएको छ ।

लोहन्द्रा खोलामा डुबेर मृत्यु भएको अवस्थामा कटहरी गाउँपालिका–४ का २२ वर्षीय लक्ष्मण पासवानको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार माछा मार्नका लागि भनेर शनिबार दिउँसो घरबाट निस्किएका लक्ष्मण घर फर्किएनन् ।

घर नआएका कारण खोजी गर्ने क्रममा परिवारका सदस्य र आफन्तले खोलामा डुबेर मृत्यु भएको देखेपछि प्रहरीलाई घटनाको जानकारी गराएका हुन् । एसपी खड्काले शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार माछा मार्ने क्रममा खोलाको दहमा डुबेर युवाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ