Rumpum Advertisement

क्यान्सरपीडित कोरोना संक्रमितको नोबेलमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
क्यान्सरपीडित कोरोना संक्रमितको नोबेलमा मृत्यु

विराटनगर, २ कात्तिक । कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको छ ।

मृतक पहिल्यैदेखि क्यान्सरको समस्याबाट पीडित रहेको पाइएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको हो ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस्पतालमा असोज २५ गते भर्ना गरिएको दाहालको भनाइ छ ।

उनका अनुसार मृतकको परिवारका अरु तीन सदस्यलाई पनि संक्रमण देखिएको छ । कोरोना पुष्टि भए पनि परिवारका अरु सदस्य भने होम आइसोलेसनमै रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ