Rumpum Advertisement

विराटनगरका संक्रमितको उपचारका क्रममा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरका संक्रमितको उपचारका क्रममा मृत्यु

विराटनगर, २ कात्तिक । विराटनगर महानगरपालिका–१२ का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ ।

५५ वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा राति १०ः५५ बजेतिर ज्यान गएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा असोज १३ गते रिपोर्ट पोजेटिभ आएका पुरुषलाई त्यहीदिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका लागि भर्ना भएको १८ दिनपछि अस्पतालकै आइसोलेसनमा संक्रमितको मृत्यु भएको बस्नेतले बताए । मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ