Rumpum Advertisement

बीपीमा उपचाररत संक्रमित वृद्धको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
बीपीमा उपचाररत संक्रमित वृद्धको मृत्यु

विराटनगर, २ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा बिहान ३ः०५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतकमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।

पीसीआर परीक्षण गराउँदा असोज २६ गते रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई भोलिपल्ट उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको श्रेष्ठले बताए । उनले शवको व्यवस्थापन नियम अनुसार हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ