Rumpum Advertisement

आजको मौसम सफा रहने

Neuro Revised Adv
Koshi Dashain ad
आजको मौसम सफा रहने

विराटनगर, २ कात्तिक । दसैं लागेको छ । यस्तो बेलामा मौसम कस्तो हुने हो भन्ने चासो र चिन्ता सबैलाई हुन्छ ।

मौसम सफा भईदिए चाडपर्व हर्षोल्लासका साथ मनाउन पाइन्छ भन्ने अपेक्ष सबैमा हुनु स्वभाविक हो । तर बडादसैंको दोस्रो दिन आज (आइतबार) मुलुकका अधिकांश भूभागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानमा आंशिकदेखि सामान्य बदली भए पनि त्यसले फरक पार्ने छैन ।
प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्।

राति पनि प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ