Rumpum Advertisement

अर्मेनिया र अजरबैजानबीच युद्धविराम

Neuro Revised Adv
Koshi Dashain ad
अर्मेनिया र अजरबैजानबीच युद्धविराम

विराटनगर, २ कात्तिक । विवादास्पद सीमा क्षेत्रका कारण लामो समयदेखि जारी हिंस अन्त्य गर्न अर्मेनिया र अजरबैजानबीच उद्धबिराम भएको छ ।

हिंसाको अन्त्य गर्नका लागि शान्ति सम्झौता भएपछि अहिले दुवैतर्फबाट युद्ध रोकिएको छ । न्युजिल्यान्डमा प्रधानमन्त्री आर्डेनको लेबर पार्टी भारी मतले विजयी
भएपछि सम्झौता सम्भव भएको हो । सो सहमति स्थानीय समयअनुसार आइतबार मध्यरातदेखि लागू हुनेछ ।

यसअघि भएको अस्थायी शान्ति सम्झौता दुवै तर्फबाट उल्लंघन भएको थियो । गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः ब्यूँतिएको थियो।

पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भीडन्त भइरहेको थियो । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ।

तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ। सन् १९९० को दशकको सुरुमा भएको सीमा भीडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो। गएको सेप्टेम्बर २७ देखि भएको हिंसामा तीन सय जनाभन्दा बढीको ज्यान गएको छ भने हजारौँ मानिस विस्थापित भएका छन्।

कोकसेस माउन्टेन क्षेत्रका विगत तीन दशकदेखि बेलाबेलामा भीडन्त हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ