Rumpum Advertisement

आईपीएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

Neuro Revised Adv
Koshi Dashain ad
आईपीएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

विराटनगर, २ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किंग्समाथि ५ विकेटको जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

सारजाह क्रिकेट मैदानमा चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।

दिल्लीलाई जित दिलाउन शिखर धवनले नटआउट १०१ रनको शतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोइनिसले २४ रन बनाउँदा कप्तान श्रेयस अय्यरले २३ रन जोडे । अक्षर पटेलले अजिवित २१ रन जोडे ।

चेन्नईका दीपक चाहरले २ विकेट लिँदा साम करन, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा अम्बाती रायडुले अविजित ४५ रन बनाए । सेन वाट्सनले ३६ रन बनाउँदा रविन्द्र जडेजा ३३ रनमा अविजित रहे ।

दिल्लीका एनरिच नोर्त्जेले २ विकेट लिए भने तुषार देशपाण्डे र कागिसो राबडाले सिमान १–१ विकेट लिए ।

जितसँगै ९ खेलबाट १४ अंक जोडेको दिल्ली शीर्ष स्थानमा उक्लियो । चेन्नईले भने ९ खेलमा ६ अंक जोडेको छ । ऊ तालिकाको छैटौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ