Rumpum Advertisement

किट नहुँदा महानगरले दिएको पीसीआर मेसिन बन्द

Neuro Revised Adv
Koshi Dashain ad
किट नहुँदा महानगरले दिएको पीसीआर मेसिन बन्द

विराटनगर, २ कात्तिक । परीक्षणमा ढिलाई भएको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको अगुवाईमा विराटनगरका उद्योगी व्यवसायी एवं नागरिक समाजको तर्फबाट दुई थान पीसीआर मेसिन खरिद गरेर कोशी अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

महानगरले हस्तान्तरण गरेको म्यानुअल मेसिन सञ्चालनमा रहेको भए पनि अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन बन्द छ। मेसिन बन्द भएर सञ्चालनमा आउन नसक्दा स्वाबको पीसीआर परीक्षणका लागि दिएकाको रिपोर्ट पनि समयमा आउन सकेको छैन । कोशीका आफ्नै मेसिन र महानगरले दिएको अर्को गरी दुई थान मेसिन अहिले पनि सञ्चालनमा छ। महानगरपालिकाले दिएको अटोमेटिक मेसिन सञ्चालन खर्च धान्न नसकेकै कारण बन्द गर्नु परेको अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

सञ्चालन खर्च ज्यादै हुने भएपछि अटोमेटिक मेसिन चलाउन नसकिएको उनको भनाइ छ । तीन पटकसम्म त किट किनेर प्रयोग गरे पनि अब नसक्ने अवस्था रहेको उनले बताए । अस्पतालको कोषबाट २० लाख भन्दा बढी किट खरिदमा खर्च भइसकेको छ ।

सरकारले किट उपलब्ध गराए मेसिन चल्ने उनले बताए । महानगरले दिएको अटोमेटिक एक्सट्याक्सन मेसिनमा प्रयोग हुने किट प्रतिगोटा ७०० रुपैयाँ हाराहारी पर्ने र त्यो सरकारले नदिने भएकोले अस्पतालले सञ्चालन गर्न नसकेको दासले बताए । तर, स्वास्थ्य विभागले केही दिनभित्रै सोही प्रकृतिको अटोमेटिक अर्को मेसिन पठाउन लागेको र त्यसमा लाग्ने किट भने अस्पताललाई प्राप्त भइसकेको अस्पतालले जनाएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले केही दिनअघि कीट अभाव भए पनि अहिले कतै समस्या नभएको दाबी गरे । उनले संक्रमितको संख्या धेरै भएकोले पुल परीक्षण गर्न नसक्दा रिपोर्ट आउन ढिलाई भएको बताए । संक्रमण दर उच्च भएसम्म विद्यमान साधन स्रोत परिचालन गरेर तत्कालै रिपोर्ट दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ। आजको हाम्रोमत दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ