Rumpum Advertisement

बायर्नको सहज जित

Neuro Revised Adv
Koshi Dashain ad
बायर्नको सहज जित

विराटनगर, २ कात्तिक । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले सहज जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा बायर्नले अर्मिनियामाथि ४–१ गोलको जित दर्ता गरेको हो ।

अर्मिनियाको मैदानमा भएको खेलमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले दुई गोल गरे । अर्मिनियाका रिट्सु डोआनले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा मुलरले गोल गरेपछि बायर्नले सुरुआती अग्रता बनाएको थियो । २५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्ज्युरी समयमा लेवान्डोस्कीले दोस्रो गोल गर्दै बायर्नलाई ३–० गोलको अग्रता दिलाए ।

५१औं मिनेटमा मुलरले व्यक्तिग दोस्रो तथा बायर्नका लागि चौथो गोल गर्दै पाहुना टोलीलाई ४–० गालको अग्रता बनाए ।

५८औं मिनेटमा डोआनले एक गोल फर्काए । खेलको ७६औं मिनेटमा बायर्न दस खेलाडीमा सीमित भएको थियो । बायर्नका कोरिन्टन टोलिसो रातो कार्ड पाउँदै मैदानबाट बिदा लिएका थिए ।

जितसँगै बायर्नले ४ खेलबाट ९ अंक जोडेको छ । ऊ अंक तालिकाको दोस्रो स्थानमा छ । अर्मेनिया भने ४ अंकका साथ १४औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ