Rumpum Advertisement

न्यूकासलमाथि युनाइटेडको शानदार जित

Neuro Revised Adv
Koshi Dashain ad
न्यूकासलमाथि युनाइटेडको शानदार जित

विराटनगर, २ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले न्यूकासलमाथि ४–१ गोलको जित निकालेको हो ।

न्यूकासलको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको दोस्रो मिनेटमा लुके शले आत्मघाती गोल गरेपछि न्यूकासलले अग्रता बनाएको थियो ।

२३औं मिनेटमा ह्यारी मागुइरले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए । ८६औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेडले आफ्नो अग्रता दोब्बर बनायो ।

खेलको ९०औं मिनेटमा आरोन वान–बिसाका र इन्ज्युरी समयमा मार्कुस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ४–१ गोलको शानदार जित दिलाए ।

जितसँगै १४औं स्थानको युनाइटेडले ४ खेलबाट ६ अंक जोडेको छ । न्यूकासल भने ७ अंकका साथ ११औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ