Rumpum Advertisement

इब्राहिमोभिक चम्किँदा ‘मिलान डर्बी’मा एसी मिलानको जित

Neuro Revised Adv
Koshi Dashain ad
इब्राहिमोभिक चम्किँदा ‘मिलान डर्बी’मा एसी मिलानको जित

विराटनगर, २ कात्तिक । इटालियन सिरी ‘ए’अन्तर्गत ‘मिलान डर्बी’मा एसी मिलानले जित निकालेको छ । शनिबार राति भएको खेलमा एसी मिलानले इन्टर मिलानमाथि २–१ गोलको जित निकालेको हो ।

इन्टरको मैदानमा भएको खेलमा मिलानका लागि दुवै गोल ज्लाटान इब्राहिमोभिकले गरे । इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा इब्राहिमोभिकले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै उनले दोस्रो गोल गरेपछि मिलानले आफ्नो अग्रता दोब्बर बनायो ।

२९औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल नहुँदा मिलानले २–० गोलको जित निकाल्यो ।

जितसँगै मिलानले आफ्नो विजयी यात्रा कायमै राखेको छ । उसले ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थान बनाएको छ । समान खेल खेलेको इन्टर भने ७ अंकसहित छैटौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ