Rumpum Advertisement

रोनाल्डोविनाको युभेन्टस बराबरीमा रोकियो

Neuro Ad
रोनाल्डोविनाको युभेन्टस बराबरीमा रोकियो

विराटनगर, २ कात्तिक । इटालियन सिरी ‘ए’मा डिफेन्डिङ च्याम्पियन युभेन्टस बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल क्रोटोनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

क्रोटोनको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको १२औं मिनेटमा सिमोन टोचुक्वु न्वाक्वोले पेनाल्टीमा गोल गर्दै क्रोटोनलाई अग्रता दिलाए ।

२१औं मिनेटमा अल्भारो मोरोटाले गोल गरेपछि युभेन्टस बराबरीमा फर्किएको थियो । खेलको ६०औं मिनेटमा फेडेरिको चिसाले रातो कार्ड खाँदै मैदानबाट बिदा लिएपछि युभेन्टस १० खेलाडीमा सीमित बनेको थियो ।

र, बाँकी समय गोल हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँडे ।

बराबरीसँगै चौथो स्थानको युभेन्टसले ४ खेलबाट आठ अंक जोडेको छ भने क्रोटोन १ अंकका साथ १८औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ