Rumpum Advertisement

गेटाफेले बार्सिलोनालाई हरायो

Neuro Revised Adv
Koshi Dashain ad
गेटाफेले बार्सिलोनालाई हरायो

विराटनगर, २ कात्तिक । स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना गेटाफेसँग १–० गोलले पराजित भएको हो ।

गेटाफेको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेमी माटाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५६औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई जिताए ।

जितसँगै गेटाफे ५ खेलबाट १० अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोना भने ७ अंकका साथ नवौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ