Rumpum Advertisement

नोबेलको मनपरी : ‘पोजेटिभ रिपोर्ट आयो, अर्काे अस्पताल लैजानु’

Neuro Revised Adv
Koshi Dashain ad
नोबेलको मनपरी : ‘पोजेटिभ रिपोर्ट आयो, अर्काे अस्पताल लैजानु’

विराटनगर,१ कात्तिक । कोरोना पोजेटिभ देखिएका विरामीलाई नोबेल मेडिकल कलेजले जवरजस्ती अन्यन्त्र लैजान दबाव दिदै आएको पाइएको छ ।

झापा बिर्तामोड घर भएकी ७७ वर्षीय वृद्धालाई शुक्रबार राति अस्पतालले अन्यन्त्र लैजान दवाव दिएको हो । झापाकै अर्का एक वृद्ध पुरुषलाइ पनि नाेबेलले अन्यत्र लैजान दबाव दिइरहेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा कोरोना संक्रमण देखिए सम्बन्धित अस्पतालले नै उपचारको व्यवस्थापन गर्नुपर्ने प्रोटोकल बनाएको छ । तर बिर्तामोडकी ७७ वर्षीय वृद्धा नरमाया खरेललाई पोजेटिभ रिपोर्ट आएपछि जवरजस्ती अन्यन्त्र पठाएको हो ।

छोरा नविन खरेलका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि नरमायालाई बिहीबार नोबेलमा भर्ना गरिएको थियो । शुक्रबार बेलुका करिब ५ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि अस्पतालले निकाल्नका लागि दबाव दिएका कारण मध्यरातमा विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको उनले बताए ।

‘अस्पतालबाट लैजानु भनेपछि अरु अस्पतालमा आइसियू बेड भेटिएन् ।’ उनले भने ‘काठमाडौंसम्पर्क गर्दा बल्ल बल्ल विराट मेडिकल कलेजमा एउटा बेड मिल्यो ।’

नोबेलबाट करिब १० बजे निकालेर साढे ११ बजे विराट मेडिकल कलेजको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि नरमायालाई उपचारका लागि उनका नाती सन्जोगले नोबेलमा भर्ना गरेका थिए । अस्पतालमा रहँदा स्वास्थ्यकर्मीको व्यावहार नै चित्त बुझ्दो नभएको उनले बताए ।

नोबेलले संक्रमितलाई जवरजस्ती अन्यन्त्र पठाएको यो पहिलो घटना भने होइन् । १६ असोज राति विराटनगर महानगरपालिका– १४ का ७५ वर्षीय भिखारी यादवलाई पनि निकालेको थियो ।

यता कोरोना संक्रमित निकालेको आरोप लागेको नोबेल मेडिकल प्रशासन भने जवाफ दिनबाट पन्छिरहेको छ । विरामी निकालेका विषयमा नोबेल मेडिकल कलेजका प्रबन्ध नारायण दाहाल र दिपेश राईले पटक पटक सम्पर्क गर्दा फोन उठाएनन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ