Rumpum Advertisement

कोरोना संक्रमणका कारण आठ वर्षीय बालिकाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमणका कारण आठ वर्षीय बालिकाको मृत्यु

विराटनगर, १ कात्तिक । कोरोना संक्रमणका कारण आठ वर्षीय बालिकाको मृत्यु भएको छ ।

विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज दिएपछि घर फर्काउँदै गर्दा संक्रमित आठ वर्षीय बालिकाको बाटोमै मृत्यु भएको हो ।

इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीय बालिकाको दुईवटै मृगौलाले काम गर्न छाडेकाे थियाे ।

४ दिन अघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाइ उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकाे थियाे । थप उपचारका लागि काठमाडाैं लैजाने बताएपछि डिस्चार्ज दिइएकाे विराट मेडिकल कलेज आइसाेलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । तर आफन्तले घर लिएर गएका थिए ।

राति घर लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी आफुले पाएको सूर्याेदय नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत हेल्थ अष्स्टिेन्ट धनराज यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ