Rumpum Advertisement

विराटनगरमा सय बेडको ‘कोभिड प्रिकेयर अस्पताल’ सञ्चालनको तयारी

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा सय बेडको ‘कोभिड प्रिकेयर अस्पताल’ सञ्चालनको तयारी

विराटनगर, १ कात्तिक । विराटनगरमा एकसय बेडको प्रि कोभिड १९ अस्पताल सञ्चालनको तयारी सुरु भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइारलाको पहलमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवालाको सहकार्यमा प्रि कोभिड १९ अस्पताल सञ्चालनको तयारी सुरु भएको हो ।

शनिबार आयोजित भर्चुअल छलफलमा सहभागी चिकित्सक, राजनीतिकर्मी तथा व्यवसायीले अस्पताल सञ्चालन गर्ने विषयमा आफूहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आईसियू र भेन्टिलेटरमा बढ्दै गएको चाप अस्पतालहरुले थेग्नै नसक्ने अवस्थामा पुगेकोले विराटनगरमा अक्सिजन चाहिने बिरामीलाई सेवा दिने गरी छलफल शुरु गरिएको बताए ।

‘विराटनगरमा एकसय बेडको कोभिडका लक्ष्यण भएका बिरामीलाई प्रिकोभिड अस्पताल संचालन गर्न सकिन्छ ।’ उनले भने ‘सरकारलाई सहयोग पुगोस भनेरै हामीले यस्तो पहल लिएका हौं ।’

उनले अस्पतालमा गम्भीर स्वास्थ्य अवस्थामा जानुभन्दा पहिल्यै पाउनु पर्ने न्यूनतम सुविधाले ज्यान बचाउन सक्ने भएकोले यस्तो प्रि हस्पिटलबारे छलफल चलाइएको बताए ।

विराटनगरमा हरेक दिन अस्पतालमा आईसियूमा बेडको माग हन थालेको तर बिरामीले अस्पतालको गेटबाटै फर्कनु पर्ने अवस्था आएको सहभागीको भनाइ थियो ।

काठमाडौमा समेत अस्पतालमा बेड पाउन निक्कै कठिनाइ हुने गरेको भन्दै चिकित्सा विज्ञान प्रतिष्ठानका पूर्व डिन डा. जगदीश अग्रवालले आईसियू र भेन्टिलेटरसम्म पुग्न नदिन प्रीहस्पिटलको कन्सेप्ट उचित हुने बताए ।

अस्पतालको स्थानीय व्यवस्थापन स्थानीय सरकारले गर्न सक्ने र यसको पहिलो सेटअपको लागि ५० लाखसम्म खर्च हुन सक्ने तथा चिकित्सकलगायत व्यवस्थापनको लागि मासिक १५ लाख रुपैयाँसम्म खर्च हुनसक्ने बताइएको छ ।

चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.लोचन कार्कीले भएकै पूर्वाधारलाई प्रयोग गरेर अस्पताल सञ्चालन गर्न सकिने बताए । नेपाली कांग्रेस १ नम्बर प्रदेशका प्रमुख सचेतक केदार कार्कीले समय घर्कदै गएकोले अब ढिलाई गर्न नहुने बताए ।

कांग्रेस सचेतक सूयर्माराज राईले कोभिडले प्रदेश १ मा संक्रमितको संख्या थपिदैं जाँदा अवस्था भयावह हुँदै गएको बताए । उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य महेश जाजूले विराटनगरमा प्रिअस्पताल संचालन गर्न निजी क्षेत्रको सहयोग संधै रहने बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारको कमजोरीका कारण धेरै मानिसले उपचार प्राप्त गर्न नसकेको जस्तो देखिएको बताउदै सरकारले कमजोरी गर्न नहुने बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापाले निजी क्षेत्रले सरकारको काममा संधै सहयोग गर्ने बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने ठूलो चुनौती रहेको भन्दै अब प्रिकोभिड अस्पताल जरुरी भएको बताए । मेयर पराजुलीले यो काममा विराटनगर महानगरले पहलकदमी र नेतृत्व लिने बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ