Rumpum Advertisement

प्रदेशमा थपिए ४८१ संक्रमित, पाँचजनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेशमा थपिए ४८१ संक्रमित, पाँचजनाको मृत्यु

विराटनगर, १ कात्तिक । प्रदेश १ मा शनिबार ४८१ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना कोरोना संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टाको अवधीमा पाँचजनाको मृत्यु भएको हो । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ ।

कहा कति थपिए ?

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् ।

मोरङको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९– ९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २–२, बराहक्षेत्र र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७–७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३, शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १–१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको खोटेहाङ र साकेलामा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आज १ हजार ४५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ