Rumpum Advertisement

३१६८ संक्रमित थपिए, सक्रिय संक्रमितकाे संख्या ३८ हजार नाघ्याे

Neuro Revised Adv
Koshi Dashain ad
३१६८ संक्रमित थपिए, सक्रिय संक्रमितकाे संख्या ३८ हजार नाघ्याे

विराटनगर, १ कात्तिक । नेपालमा थप ३१६७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्ला २४ घण्टामा ३१६७ संक्रमित थपिएका हुन ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारसम्म संक्रमितको संख्या ३८ हजार ७३७ जना पुगेको जानकारी दिए ।

कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

सक्रिय संक्रमित मध्ये संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।

कोरोना संक्रमण मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ