Rumpum Advertisement

सपना बेश्याका

Neuro Revised Adv
Koshi Dashain ad
सपना बेश्याका

राखी गौचन

आउँछन् पालैपालो भोगेर जान्छन् मलाई,
पोखेर उन्माद आफ्नो तुष्टिको उच्छवास छोड्छन्
मानौ म पानी हुँ
आगो निभाएर जान्छन् मर्दहरु ।

बस म बुख्याँचा हुँ,
समाजको कालो चस्माले मलाई बेश्या भन्छ,
मुटु छैन मेरो
मन छैन मेरो,
आकांक्षा आशा र रहरहरु केही छैनन्,
एउटा विलासिताको सस्तो भाँडा हुँ म,
मानवरुपी दानवहरु आउँछन्
भाडा चुकाउँछन् र भोगेर जान्छन् ।

तर आज एउटा असल (?)मन आयो,
मलाई स्पर्श गर्न,
जसले सोध्यो पहिलो चोटि मेरो नाम ।

आचानक मेरो खन्डहर मनमा आशाहरुको बीज पलायो
बलात्कृत सपनाहरुमा,
उषाका लालिमाहरु छरिए,
स्वासप्रश्वास बढेर गयो
झुट बोल्न सकिनँ
नाम भनिदिएँ कानमै सुटुक्क– ‘बेश्या’,
तर ऊ झस्केर गयो,
म पनि झस्केँ आफ्नै आवाजले
के ऊ फेरि आउला र ?

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ