Rumpum Advertisement

सर्वाेच्चले भन्यो– ‘क्याट फिसको आयात तत्काल नरोक्नू’

Neuro Revised Adv
Koshi Dashain ad
सर्वाेच्चले भन्यो– ‘क्याट फिसको आयात तत्काल नरोक्नू’

विराटनगर, १ कात्तिक । सर्वाेच्च अदालतले जिउँदो माङगुर माछा (क्याट फिस) को आयात तत्काल नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

२८ असोजमा सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले तत्काल आयात नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

साउन पहिलो साता विराटनगर नाका हुँदै भित्रिएको साढे सात हजार किलो जिउँदो माङगुर माछा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी नष्ट गरेको थियो ।

भारतबाट जिउँदो माङगुर माछा ल्याउन नमिल्ने भन्दै स्थानीय प्रशासनले माछा नष्ट गरेपछि भारतबाट माङगुर माछाको आयात रोकिएको थियो ।

भन्सारले जिउँदो माङगुर माछाको जाँचपास रोकेपछि माछा व्यापारी सर्वाेञ्च अदालत पुगेका थिए । प्रदेश १ र २ का ९० जना व्यापारीले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै दुवै पक्षलाई २० कात्तिकमा छलफलका लागि बोलाएको छ । छलफल टुंगो नलागेसम्म पशुसेवा विभागको भदौं १२ गतेको निर्णय कार्यान्यन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

चोर बाटोबाट भित्रियो

अफ्रिकन माङगुर माछालाई जैविक विविधता नष्ट गर्ने माछा रहेको बताइन्छ । केन्द्रीय मत्स्य प्रबद्र्धन तथा संरक्षण केन्द्रले अफ्रिकन माङगुर माछापालनका लागि सिफारिस गरेको छैन । केन्द्रले सिफारिस नगरेका कारण सो माछा ल्याउन नमिल्ने बताएको थियो । तर नेपालमा अत्यधिक खपत हुने माछा आयातको वैधानिक बाटो रोकिए पनि अवैध बाटोबाट आयात नरोकिएको व्यापारीहरुले बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै व्यापारीहरुले दुई नम्बरी बाटोबाट आयात हुँदा राजस्व गुमेको बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ