Rumpum Advertisement

गजल

Neuro Revised Adv
Koshi Dashain ad
गजल

सुन्दर गुरुङ

भुइँमा तस्बिर कोरेर, मुस्कुरायो ऊ ।
तस्बिरसँगै दिल खोलेर, मुस्कुरायो ऊ ।

सपनामा उड्दै–उड्दै, माथि पुग्यो जब,
आकाशको जून छोएर, मुस्कुरायो ऊ ।

उही अर्ध पाउ थियो, ब्युझिएर हेर्दा,
थुक्क भाग्य ! शिर ठोकेर, मुस्कुरायो ऊ ।

सबैबाट हेपिएर, एक्लो भयो अनि,
आँशुले त्यो मन धोएर, मुस्कुरायो ऊ ।

हे दैव ! तेरो लिला नि, बुझी नसक्नु छ,
आकाशतिर हात जोडेर, मुस्कुरायो ऊ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ