Rumpum Advertisement

चौथो जितको खोजीमा राजस्थान, बैंग्लोरको लक्ष्य दोस्रो राउन्ड रोबिनमा पहिलो जित

Neuro Revised Adv
Koshi Dashain ad
चौथो जितको खोजीमा राजस्थान, बैंग्लोरको लक्ष्य दोस्रो राउन्ड रोबिनमा पहिलो जित

विराटनगर, १ कात्तिक । मिड–सिजनपछिको दोस्रो राउन्ड रोबिनको आफ्नो पहिलो खेलमा किंग्स एलेभेन पञ्जाबसँग आठ विकेटले स्तब्ध बनेको रोयल च्यालेन्जर्स बैंग्लोर प्रतियोगितामा छैटौं जितको खोजीमा हुनेछ । आईपीएलको ३३ औं खेलमा आज दिउँसो ३ः४५ बजे राजस्थान रोयल्सले यही लक्ष्य लिएर मैदान उत्रेको बैंग्लोरको सामना गर्दा ऊ आफैं चाहिँ प्रतियोगितामा चौथो जितको खोजीमा हुनेछ ।

सुरुवात राम्रो गरे पनि तेस्रो खेलबाट धर्मराएको राजस्थानले आफ्नो सातौं खेलमा हैदरावादलाई पाँच विकेटले हराउँदै लयमा फर्कने प्रयास गरे पनि उनको विजयी यात्रामा दिल्लीले पूर्णबिराम लाइदिइसकेको छ । यता पहिलो राउन्ड रोबिनको सातमध्ये पाँच खेलमा जित र दोस्रो राउन्ड रोबिनको पहिलो खेलमा पञ्जावसँग पराजय भोगेको बैंग्लोर भने प्रतियोगितामा छैटौं जित दर्ता गर्दै अंक तालिकामा स्थान सुधार गर्न चाहन्छ । आफूले खेलेको दोस्रो, पाँचौं र आठौं खेलमा पराजित बैंग्लोर नवौं खेलमा राजस्थानलाई पराजित गर्दै महत्वपूर्ण दुई अंक खोस्ने दाउमा हुनेछ ।

जारी आईपीएलको पहिलो भेटमा राजस्थानलाई आठ विकेटले स्तब्ध बनाइसकेको बैंग्लोर आज दुबई रंगशालामा सोही नतिजा दोहो¥याउन चाहन्छ । तर लगातार चार खेलमा हार भोगेको राजस्थानले सातौं खेलमा जित निकाल्दै आफू लयमा फर्किएको संकेत गरे पनि आठौं खेलमा पुनः पराजित भइसकेको छ । दोस्रो राउन्ड रोबिन लिगका आ–आफ्नो पहिलो खेलमा पराजय भोगेकाले पनि यी दुईबीचको दोस्रो भेट निकै प्रतिस्पर्धात्मक हुनेछ ।

प्रतियोगिताको सुरुवात चेन्नईविरुद्ध जित दर्ता गर्दै सुरु गरेको राजस्थानले दोस्रो खेलमा पनि पञ्जाबलाई स्तब्ध बनाएको थियो । तर तेस्रो खेलमा कोलतासँग पराजित भएको राजस्थान चौथो खेलमा बैंग्लोर, पाँचौ खेलमा मुम्बई र छैटौं खेलमा दिल्लीसँग पराजित भएको थियो । आईपीएल २०२० मा तेस्रो जित निकाल्ने क्रममा राजस्थानले आफ्नो सातौं खेलमा हैदरावादलाई पाँच विकेटले पराजित गरे पनि आठौं खेलमा पुनः दिल्लीसँग १३ रनले स्तब्ध बनेको थियो । महत्वपूर्ण दुई अंकका लागि प्रयासरत यी दुईमध्ये सफल चाहिँ कुन टोली हुने हो त्यसको लागि आजको खेलको नतिजा हामीले कुर्नु पर्नेछ ।

हेट–टु–हेट

राजस्थान र बैंग्लोरको आईपीएलमा यो २३ औं भेट हो । यसअघिका २२ खेलमा तीन खेल नतिजाविहीन बन्नुबाहेक राजस्थान हेड–टु–हेडमा अघि छ । दश खेल आफ्नो पक्षमा राजस्थानले पार्दा बैंग्लोरले भने नौ खेलमा जित निकालेको छ । यी दुईबीच २०२० आईपीएलको पछिल्लो खेलबाहेकका सात खेलको नतिजा विश्लेषण गर्ने हो भने राजस्थान बलियो स्थितिमा छ ।

२०१५, १८ र १९ मा यी दुईले एकअर्काविरुद्ध खेलेका सातमध्ये राजस्थानले तीन र बैंग्लोरले दुई खेल आ–आफ्नो पक्षमा पारेका छन् । अघिल्लो संस्करणको आईपीएलको ४९औं खेल र २०१५ आईपीएलको २९औं खेलमा यी दुईबीच भेट हुने भनिएको भए पनि खराब मौसमका कारण खेल रद्द भएको थियो । त्यसैले आजको खेलमा बैंग्लोरसामु महत्वपूर्ण दुई अंक हात पार्दै हेड–टु–हेडमा बराबरी गर्ने मौका छ भने राजस्थानलाई जारी संस्करणको हारको बदला लिँदै प्रतियोगितमा पुनरागमन गर्ने सुवर्ण अवसर छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुईको प्रदर्शन

आज खेल हुने दुबई रंगशालाको लागि राजस्थानभन्दा बैंग्लोर अनुभवी टोली हो । यी दुईमध्ये हालसम्म बैंग्लोरले यस रंगशालामा सात खेल खेलिसकेको छ भने राजस्थानले तीन खेल मात्रै खेलेको छ ।

जारी आईपीएलमा पाँच र २०१४ आईपीएलमा दुई गरी सात खेल खेलिसकेको बैंग्लोरले चारमा जित र तीनमा पराजय भोगेको छ । दुबई रंगशालामा २०२० आईपीएलका पाँचमध्ये तीन खेलमा जित निकालेकोले पनि बैंग्लोर केही उत्साहित हुनेछ ।

यता राजस्थानले भने दुबई रंगशालामा जारी आईपीएलमा खेलेका तीनमध्ये एक खेलमा मात्रै जित निकालेको छ । लगातारको हारको श्रृंखला तोड्दै हैदरावादलाई यसै रंगशालामा हराएकाले राजस्थान आफ्नो पछिल्लो खेलमा भने दिल्लीसँग यही रंगशालामा पराजित भएको थियो । दुबई रंगशालामा एकअर्काविरुद्ध पहिलो खेल खेल्न लागेका यी दुईमध्ये राजस्थान आजको खेल जित्दै इतिहास लेख्ने योजना हुनेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ