Rumpum Advertisement

भद्रकाली मन्दिरमा श्रद्धालुको भिड

Neuro Revised Adv
Koshi Dashain ad
भद्रकाली मन्दिरमा श्रद्धालुको भिड

काठमाडौ, १ कात्तिक । नवरात्रिको पहिलो दिन (शनिबार) काठमाडौं उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका छन् । शनिबार बिहान भद्रकाली मन्दिरमा पुग्दा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भिड देखिएको हो । उनीहरु पूजागर्नका लागि लामो लाइनमा पालो कुरिरहेका देखिन्छन ।

आज नवरात्रिको पहिलो दिन भएकाले पनि भक्तालुहरु मन्दिर तथा शक्तिपीठमा पुगेका हुन् । अघिल्ला वर्षहरुको तुलनामा कम भीड भए पनि कोभिड १९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दैै भक्तालुहरु पूजाआजाका लागि शक्तिपीठ पुगेका छन् ।

सरकारले भने कुनै पनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्नबाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । तर पनि मानिसहरु कोभिड संक्रमणको जोखिमको परवाह नगरी मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्न पुगेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ