Rumpum Advertisement

सेन्ट्रल बजारको दशैं अफर आजबाट

Neuro Revised Adv
Koshi Dashain ad
सेन्ट्रल बजारको दशैं अफर आजबाट

विराटनगर, १ कात्तिक । विराटनगरको सेन्ट्रल बजारको दशैंलक्षित अफर सुरू भएको छ । शनिबारबाट बजारले दशैं तिहार तथा छठ पर्वलक्षित अफर सुरू गरेकाे हाे ।

अफरमा ९ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा आकर्षक छुटको व्यवस्था गरेको सेन्ट्रल बजारको व्यवस्थापक गिरिश राठीले जानकारी दिए ।

बजारमा गार्मेन्ट, जुत्ता, झोला र घडी किन्दा दश प्रतिशत क्यास भौचरको सुविधा रहेको उनले बताए । उनका अनुसार बच्चाका खेलौनामा पनि दश प्रतिशत छुटको अफर रहेको उनले बताए ।

चिनी, चना, नुन, सनफ्लावर तेल, घैला तोरीको तेल, विकाजी भुजियालगायत खाद्यान्न सामग्रीमा पनि छुट रहेको उनले बताए ।

सेन्ट्रल बजारले चिनी प्रतिकिलो ५९ रुपैयाँमा बिक्री गर्ने जनाएको छ । दशै तिहार अफर योजनामा नुन १५, चना ९८ रुपैयाँ प्रतिकिलो पाइने बताइएको छ ।

चाड पर्वलक्षित अफर कात्तिक १ गतेदेखि मंसिर १० गतेसम्म लागू हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ