Rumpum Advertisement

सास फेर्न गाह्रो हुने समस्या भए गर्न सकिने घरेलु उपाय

Neuro Ad
सास फेर्न गाह्रो हुने समस्या भए गर्न सकिने घरेलु उपाय

विराटनगर, १ कात्तिक । सास फेर्न गाह्रो हुने समस्या एक असहज र कष्टकर अनुभव हुने गर्छ ।

सिढीमा चढेपछि वा रुघाखोकीबाट पीडित हुँदा वा कुनै न कुनै बेला सबैले यसलाई अनुभव गरेका हुन्छौं । सास फेर्न गाह्रो हुने समस्या धेरै कारणले हुन सक्छ । यो अस्थायी वा केही गम्भीर स्वास्थ्य अवस्थाका कारण पनि हुन्छ । कहिलेकाहीँ सास फेर्दा देखिने समस्यालाई घरमै सजिलै समाधान गर्न सकिन्छ । तर, प्रत्येक दिन वा लगातार सास फेर्न समस्या भएमा डाक्टरसँग परामर्श लिनु पर्ने हुन्छ ।

सास फेर्न गाह्रो हुने समस्या भए गर्न सकिने घरेलु उपाय :

अदुवा वा अदुवा हालेको चियाले पनि शान्त हुन मद्दत गर्छ । अदुवाले श्वासप्रश्वासको संक्रमणको कारण हुने सासको समस्यालाई कम गर्न मद्दत गर्छ । अदुवामा भएको एन्टी–इन्फ्लेमेटरी गुणका कारण यसले फोक्सो फुल्ने समस्यालाई कम गर्न सक्छ । रुघाखोकी वा फ्लुबाट पीडित भएका कारण सास फेर्न गाह्रो महसुस भइरहेको छ भने नाकमा सिँगान र फोक्सोमा खकार भरिएको कारणले हुन सक्छ ।

खकार तथा सिँगान हटाउनका लागि वाफ लिन सकिन्छ । वाफ लिँदा सास फेर्ने मार्ग खाली हुन्छ र सास फेर्न सहज हुन्छ । एक अध्ययनका अनुसार चिसो हावाले सास फेर्दा हुने समस्याबाट राहत प्रदान गर्छ । असहज महसुस भएमा वा सास फेर्न गाह्रो भएको बेला, चिसो हावाको लागि फ्यानको नजिकै बस्न सकिन्छ । सास फेर्दा हावाको शक्ति महसुस गर्नाले शान्त हुन मद्दत गर्छ ।

सास फेर्ने सामान्य टेक्निकले पनि सास फेर्ने समस्याबाट छुटकारा पाउन मद्दत पुर्‍याउँछ । सीधा भई आरामदायी पोजिसनमा भुईं वा कुर्सीमा बसी बिस्तारै नाकबाट ४ देखि ५ सेकेन्डका लागि सास तानेर मुखबाट सास फ्याक्नुहोस् । सामान्य स्थितिमा फर्कनका लागि यो तरिका १० देखि २० पटक दोहोर्‍याउन सकिन्छ । यसले सास फेर्ने गतिलाई सुस्त र प्रत्येक सासलाई गहिरो बनाई आराम महसुस गराउँछ ।

हावा मार्गमा रहेको मांसपेशीलाई कडा हुन नदिन कफीमा भएको क्याफिनले मद्दत गर्न सक्छ । कफीको दमाबाट पीडित व्यक्तिका लागि एकदम प्रभावकारी सावित भएको छ । कालो कफीले फोक्सोको कार्य सुधार गरी सास फेर्दा हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ